
काठमाडौं । प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पौष १७, १८ र १९ गते टि. सी. एन मार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिएको थियो ।
त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारेको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. ३ का प्रमुख बद्री नाथ शर्माले गरेको थियो ।
साथै सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस