aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बुधबार चार कम्पनीको साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
बुधबार चार कम्पनीको साधारण सभा

काठमाडौं । पुस २३ गते बुधबार चार कम्पनीले वार्षिक साधारण सभा आयोजना गर्दैछन् । एभरेष्ट बैंक , नेपाल ल्यूव आयल, अरुण भ्याली हाइड्रोपावर र आरएमडिसी लघुवित्तले साधारण सभा आयोजना गर्न लागेका हुन । एभरेष्टले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव सहित विहान ११ बजे लैनचौर ब्यांक्वेटमा सभा बोलाएको हो ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरले ईन्द्रेणी फुडल्याण्ड, नयाँ वानेश्वरमा विहान ११ बजे ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा बोलाएको छ । नेपाल ल्यूव आयलले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै विहान ११ः३० मा याक प्यालेस पुलचोकमा सभा बोलाएको हो ।

आरएमडिसी लघुवित्तले भने १२ दशमलव ५ प्रतिशत १२ दशमलव ५ प्रतिशत नगद लाभांश सहित अमृतभोग, कालिकास्थानमा विहान ११ बजे सभा बोलाएको हो । साधारण सभा प्रयोजनका लागि एभरेष्टले पुस ४ गतेदेखि , नेपाल ल्यूव आयलले पुस १० गतेदेखि, अरुणभ्याली हाइड्रोले पुस १० गते एक दिन र आरएमडिसी लघुवित्तले पुस ११ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको अघिल्लो कारोबारसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस