
काठमाडौं, वैशाख २६ । भोलि शुक्रबारदेखि दुईवटा लघुवित्त कम्पनीको ६ लाख १८ हजार ५६८ कित्ता आईपीओ खुल्ने भएको छ । जसमध्ये जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
जनसेवी लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । त्यस्तै स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस