aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ग्रामीण विकास लघुवित्तको हकप्रद भोलिदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
ग्रामीण विकास लघुवित्तको हकप्रद भोलिदेखि

काठमाडौं, वैशाख २६ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर भोलि शुक्रबारदेखि शुरु हुने भएको छ । कम्पनीले एक शेयर बराबर शून्य दशमलव पाँच शेयर (१ः०.५) को अनुपातमा हकप्र शेयर जारी गर्न लागेको हो । 
कम्पनीको हकप्रद शेयर बिक्री वैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म बिक्रीमा रहनेछ । हालसम्म ६५ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीमा हकप्रदपश्चात चुक्ता पुँजी ९८ करोड २५ लाख पुग्नेछ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी  ३३ दशमलव ४७ रुपैयाँ रहेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले १६ करोड ४४ लाख १७ हजार  नाफा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस