aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तीन कम्पनीको नगद लाभांश बैंक खातामा पठायाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
तीन कम्पनीको नगद लाभांश बैंक खातामा पठायाे

काठमाडौं । तीन कम्पनीले नगद लाभांश बैंक खातामा जम्मा गरेको छ । कामना सेवा विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बैंक खातामा जम्मा गरेको हो।

यी तीनै कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो नगद लाभांश जम्मा गरेको हो ।

कामना सेवाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको ६.८ प्रतिशत नगद लाभांश गत पुस २१ गतेदेखि बैंक खातामा पठाएको हो। बैंकले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुकक्लोज गरेको थियो । बैंकको शेयर रजिष्ट्रार बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरी, नेशनल माइक्रोफाइनान्सले गत मंसिर २९ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो । लघुवित्तले मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो । लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

स्वाबलम्बन लघुवित्तले १४ प्रतिशत (करसहित) नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लघुवित्तले गत पुस २० गते वार्षिक साधारण सभाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले मंसिर ३० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश जम्मा गरेको हो। लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही तथा बैंक खाताको विवरण उपलब्ध गराउन कम्पनीहरुले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस