aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१२ सय बढी नायव सुब्बा पदका लागि विज्ञापन खुल्यो (सूचना सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
१२ सय बढी नायव सुब्बा पदका लागि विज्ञापन खुल्यो (सूचना सहित)

काठमाडौं । लोक सेवा आयोगले १२ सय बढी नायव सुब्बा (नासु)पदका लागि विज्ञापन आव्हान गरेको छ । आयोगले आज सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो । 

आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिकतर्फ खुल्ला र समावेशी, ज्येष्ठता, कार्यसम्पादन र कार्य सम्पादनको मुल्याँकनद्धारा हुने बढुवाका लागि १२ सय बढीको विज्ञापन गरेको हो ।

आयोगले खुल्ला र समावेशीतर्फ पाँच सय ४८ जना माग गरेको छ । जसमध्ये आयोगको धनकुटा कार्यालयबाट ७४, जलेश्वर ८९, काठमाडौँ १४९, पोखरा ६३, वुटवल ८६, सुर्खेत ४३ र दिपायल ४४ जनाका लागि विज्ञापन गरेको छ ।

त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनतर्फ चार सय ३७ जनाका लागि विज्ञापन गरेको छ । ज्येष्ठता र कार्यसम्पादनतर्फ धनकुटा कार्यालयबाट ५८, जलेश्वर ८९, काठमाडौँ ९६, पोखरा ५३, वुटवल ६१, सुर्खेत ३५ र दिपायलबाट ४५ जना माग गरेको छ ।

त्यसैगरी कार्यक्षमता मुल्याँकनतर्फ दुई सय २१ जना मागका लागि माग गरेको छ । धनकुटाबाट २७, जलेश्वर ४६, काठमाडौँ ४६, पोखरा २८, वुटवल ३६, सुर्खेत १६ र दिपायलबाट २२ जना रहेका छन् ।

माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस