काठमाडौं, वैशाख २६ । गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओ आज विहान बाँडफाँड भएको छ । गोलाप्रथामार्फत २३ हजार ३ सय ६३ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । कम्पनीमा ३ लाख १ हजार ३९६ जनाको आवेदन सदर भएको छ थियो । चैत मसान्तसम्ममा ६९ लाख ७ हजार नाफा कमाएका कम्पनीका आईपीओ बाँडफाँड पश्चात ७ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस