
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको अठारौं वार्षिक साधारण सभा माघ २६ गते भरतपुर गार्डेन रिर्सोट भरतपुर चितवनमा हुने भएको छ ।कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश –कर प्रयोजन सहित) वितरण गर्ने रहेको छ ।
साथै यस कम्पनी र अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा डिप्रोक्स लघुवित्तले अन्य वित्तीय संस्था(हरु) प्राप्ती गर्ने सम्बन्धमा उपयुक्त लघुवित्त स.स्थाको खोजी गर्नु र उपयुक्त लागेको वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती सम्बन्धी सम्पूर्ण गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १३ गते देखि २६ गते सम्म बन्द रहनेछ । माघ १२ गते सम्म शेयर किन्ने शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस