
काठमाडौं । पुस २४ गते बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यस कम्पनीले शुक्रबारदेखि साधारण सभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम सदस्यहरु मात्र लाभांशका लागि योग्य हुने भएका हुन ।
यस वर्ष स्वाभिमानले शेयरधनीहरुका लागि २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव २७ प्रतिशत नगद लाभांश दिने भएको हो । लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ १० गते वार्षिक साधारण सभा आयोजना गर्दैछ ।
हाल कायम ६ करोड १८ लाख ६१ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा कम्पनीले उक्त लाभांश दिन लागेको हो । २४ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस