aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ पुस २०७६
टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई

काठमाडौं । टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ । 

टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको कम्पनीले  दावी गरेको छ । 

२०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । 

हालैमात्र नेपाल एसबिआई बैङ्केलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको कम्पनीले जनाएको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस