
काठमाडौं ।नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले कम्पनीका शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी २.८९ प्रतिशत नगद गरी ७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
उक्त लाभांशलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरेसँगै शेयरधनीले हालको चुक्ता पुँजीको सो मात्राको लाभांश पाउने छन् ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँ रहेको छ भने ५ प्रतिशत बोनस पश्चात चुक्ता पुँजी एक अर्ब १५ लाख रुपैयाँ पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस