aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेटलाइफको एजेन्सी कार्यालय रवि भवनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ पुस २०७६
मेटलाइफको एजेन्सी कार्यालय रवि भवनमा

काठमाडौं । मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । 

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरेको छ । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले जनाएको छ ।

यसरी भएको विस्तारले काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने अपेक्षा छ । 

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन । 
 

प्रतिक्रिया दिनुहोस