aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनसीसी बैंकले लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
एनसीसी बैंकले लाभांश पारित गर्दै

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले सञ्चालक समतिले निर्णय गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ ७ गते एक दिन बुकक्लोज गर्नेछ। माघ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस