aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
नयाँ ब्यवसाय

यस्तो छ, सिंघालको सारथी सेवा

  • मानमती पन्त
    मानमती पन्त
  • शनिबार, २६ पुस २०७६
यस्तो छ, सिंघालको सारथी सेवा

काठमाडौं । ’ट्याक्सी’ मानिसहरु हतारोमा कहीं पुग्नुपर्यो भने सहजबिकल्पका रुपमा यो शब्द उच्चाहरण गर्दछन्। तर, सँगै अर्को प्रश्न जन्मिन्छ –कतै ठगाईमा परिने त होइन ? त्यसैले सेवाग्राहीहरुले सँधै प्राथना गर्दै आएका थिए – सुलभ मुल्यमा अर्थात् सरकारले तोकेको भाडा दरमा ट्याक्सी चढ्न पाइने दिनकहिले आउला !

राजधानीवासीको चाहनाअहिले पुरा भएको छ। र त्यो पुरा गरिदिएको छ, सारथिले। बाइकका लागि टुटल र पठाओ जस्तै ट्याक्सीकालागि सारथि एक सहज माध्यम हो, जो राजधानीवासीका लागि सार्वजनिक यातायातको भरपर्दो विकल्प भएको छ  ।

सारथीका कारण रातको समयमा बढी भाडा लिने, मिटरमा सेवादिन नमान्ने र कच्ची सडक भएको ठाउँमा यात्रु बोक्न नमान्ने जस्ता समस्याबाट समेत यात्रुले राहत पाएका छन् ।

यसरी  शहरवासीको समस्यालाई बुझेर त्यसको निदान गर्ने श्रेय भने दुईजना रचनात्मक सोच भएका युवालाई जान्छ।  उनीहरु हुन्, रवि सिंघाल र प्रकाश न्यौपाने । सन् २०१७ अगस्ट २ मा २ वटा ट्याक्सीबाट शुरु गरेको ’हाम्रो सारथी एप’अहिले राजधानी धेरैजसोको मोबाइलमा डाउनलोड भैसकेको छ भने सारथिको सेवा अधिकांशको मन मुटुमा बस्न सफल भएको सिंघाल गौरवका साथ सुनाऊँछन् ।

के हो सारथी एप

सारथी एप भनेको सेवाग्राहीको लागि एपमार्फत सहजै ट्याक्सी उपलब्ध गराउने माध्यम हो । चालक र ग्राहक दुवैसंग सारथी एप रहेको हुन्छ । जसले गर्दा नजिकको ट्याक्सी र ग्राहकलाई सहजै जोड्ने नेटवर्क सारथी एप बनेको छ ।

कल सेन्टर भन्दाएपमा आकर्षण  

उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले कम्पनीले कल सेन्टरबाट समन्वयको काम गर्ने गरी सेवा शुरु गरेको थियो। हाल एप्लिकेसन तथा अनलाइन सेवामार्फत ग्राहक र सेवा प्रवाह गर्ने ट्याक्सी जोड्ने काम भैरहेको छ। सिंघालका अनुसार सेवाग्राहीले कल सेन्टरभन्दा मोबाइल एपबाट ट्याक्सी बुक गराउन मन गर्ने गरेका छन् ।

सारथीको अर्को विशेषता एक फोनको भरमा ट्याक्सी आफ्नो घरमै आउनु पनि हो । सारथीमा फोन गएपछि घरको लोकेशन खोज्दै ट्याक्सी घरसम्म आऊँछ । साथै अनिवार्य रुपमा मिटरमा गुड्ने सारथीको ग्राहक ट्याक्सी चढेपछि मात्र मिटर खोलिन्छ ।

सन् २०१६ मा स्थापना भएको यो कम्पनीले २०१७ देखि काठमाडौं उपत्यकाभित्र ट्याक्सी सेवा प्रदान गर्दै आएको हो । सारथीले आवतजावतको सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्दै आएको छ । सिंघाल थप्छन्, ’सारथीको अर्को विशेषता एक फोनको भरमा ट्याक्सी आफ्नो घरमै आउनु पनि हो । सारथीमा फोन गएपछि घरको लोकेशन खोज्दै ट्याक्सी घरसम्म आऊँछ । साथै अनिवार्य रुपमा मिटरमा गुड्ने सारथिको ग्राहक ट्याक्सी चढेपछि मात्र मिटर खोलिन्छ ।’ आगामी दिनमा सारथीले काठमाडौं बाहिरका शहरहरुमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको रवी सिंघाल बताउंछन् ।

ट्याक्सी छ  सारथी बन्न सकिन्छ

नीजि ट्याक्सी छ भने पनि सारथी बन्न सकिन्छ । सारथीको कार्यालय आएर ट्रेनिंग लिएसंगै कुमारी बैंकमा खाता खोल्नुपर्छ । त्यस पश्चात कार्यालयबाट प्राप्त डिजिटल पेमेन्टको क्यूआर कोड दिएसंगै सारथीबन्न सकिन्छ । उपत्यकाका ६ हजार ट्याक्सीमध्ये राजधानीमा ३५ सय सारथीको नेटवर्कमा दरबारमार्गमा २ वटा ट्याक्सीबाट शुरु गरेको सारथी एपले हाल ३५ सय वटा ट्याक्सी आफ्नो नेटवर्क पारिसकेको छ । संस्थापक  सिंघाल भन्छन्, ‘जावलाखेलमा रहेर सारथी एपमा हालका दिनमा जोडिने ट्याक्सीको संख्या दिनहु बढ्दो मात्रामा रहेको छ । यसले हाम्रो संरचना नै ठुलो भएको छ ।’

सारथी ट्याक्सीमा सय प्रतिशत डिजिटल पेमेन्टको सुविधा रहेको छ । हरेक ड्राईभरको घाँटीमा एउटा परिचयपत्र झुन्डाएको हुन्छ, जसमा क्युआर कोर्ड हुन्छ । जसबाट नेपालका ५२ वटा फोन पे नेटवर्क भएका बैंकहरु मार्फत तुरुन्तै भाडा तिर्न सकिन्छ ।

नयाँ सुविधा सारथीमा

कतिपय नेपालमै नभएको सुविधा सारथिले दिइरहेको सिंघाल दाबी गर्छन् । सारथी ट्याक्सीमा सय प्रतिशत डिजिटल पेमेन्टको सुविधा रहेको छ । हरेक ड्राईभरको घाँटीमा एउटा परिचयपत्र झुन्डाएको हुन्छ, जसमा क्युआर कोर्ड हुन्छ । जसबाट नेपालका ५२ वटा फोन पे नेटवर्क भएका बैंकहरु मार्फत तुरुन्तै भाडा तिर्न सकिन्छ । सो सुविधाले ग्राहक र चालक दुवैलाई फाइदा दिन सक्नु नै सारथीको लागि राम्रो कुरो भएको रबि बताउछन् । 

ई–सेवामार्फत सुविधालिनकालागि ट्याक्सी भाडा तिर्दा २० रुपैंया क्यास ब्याक पनि पाउन सकिन्छ । त्यस्तै ड्राईभरले पनि हरेक ट्रिपमा १५ रुपैया थप पाउंछन् । परम्परागत रुपमा चल्दै आएका ट्याक्सीलाई डिजिटल रुपमा रुपान्तरण गर्न सारथी लागि परेको छ । ग्राहकको माग अनुसार चलेकै भएर होला लगभग दैनिक ३५ सय जनाले सेवालिने गरेका छन् । 

रविले सुनाए, हाम्रो सुविधाले ग्राहकएकदमै खुशी भएका छन् । हामी पनि सेवाग्राहीको सुविधाको लागि चौबिसै घण्टा सेवादिन तयार रहेका छौ । यो नै सारथीको विशेष सुविधा हो ।

ट्याक्सी सानो भो  

काठमाडौंमा चल्ने ट्याक्सी एकदमै सानो गाडी भएको छ । ट्याक्सी लग्जरी हुनु पर्ने हो, जुन नेपालमा छैन । एयरर्पोट जादाँ केही ब्यागेज राख्ने ठाउँ नै पुग्दैन । ट्याक्सी होँचो छ, सुरक्षीत पनि छैन, सानो छ । ‘यातायात व्यवस्था विभागले ट्याक्सी इन्धनको सीसी ८ सयबाट १२ सय क्षमताको मापदण्ड भएकामात्र ट्याक्सी दर्ता गर्न पाउने व्यवस्था गरेको छ, त्यो एकदमै राम्रो पक्ष रहेको जस्तो लाग्छ ।‘

यातायात व्यवस्था विभागबाट ट्याक्सीको मापदण्ड सम्बन्धी परिपत्र जारी भएको छ । हाम्रो कम्पनी पनि सोही इन्जिन क्षमता बढाउनेमा सोचिरहेको छौ । सिंघाल आफ्नो धारणा राख्छन् । ‘हाम्रो कम्पनीमा आबद्ध ३५ सय ट्याक्सी छन् तर १२ सय सीसीमा एउटा पनिदर्ता भएको छैन । यातायात व्यवस्था विभागबाट ट्याक्सीको मापदण्ड सम्बन्धी परिपत्रजारी भएको छ । हाम्रो कम्पनी पनि सोही इन्जिन क्षमता बढाउनेमा सोचिरहेको छौ ।’ उनले थपे, ‘पर्यटकलाई घुमाउन ठूला क्षमताको ट्याक्सीको आवश्यक पर्ने भएकोले नै सरकारले ट्याक्सीको मापदण्ड बढायो । त्यसमा कसैले मन दुखाउनु हुदैन ।’

इन्जिनक्षमता संगै लागतपनि बढ्ने
इन्जिन क्षमता बढेसंगै लागत पनि बढ्छ । सेवा ग्राहीको सेवा सुविधासंगै ट्याक्सी भाडामा पनि वृद्धि हुने सिंहाल बताउछन् । हाल सारथी ट्याक्सीको ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ । यो ट्याक्सी खाल्डा खुल्डीमा राम्रोसंग चल्न सक्दैन ।  यी ट्याक्सी उपत्यका बाहिर जान चाहाने पर्यटकलाई सेवा दिन नसक्ने अवस्थामा छन् । त्यसैले पर्यटकलाई घुमाउनको लागि अनि यात्रुको सहजताको लागि पनि सीसी बढाउन जरुरी रहेको सिंघाल बताउँछन् ।

चालकलाई भाषा प्रशिक्षण 
भ्रमण बर्ष २०२० मा सारथीले चालकलाई भाषामा विशेष जोड दिने भएको छ । कसरी पर्यटकलाई राम्रो सुविधा दिन सकिने भन्ने कुरा सारथी भ्रमण वर्षको कार्यालय र पर्यटन बोर्डसंग सहकार्य गरेर अघि बढि रहेको उनी बताउछन् । चालकहरुले कसरी पयर्टकलाई राम्रो सुविधा दिने कुरामा छलफल भइरहेको समेत उनले बताए । 

रेष्टुरेन्ट र होटेलसंग सहकार्य गरेर पयर्टकलाई सहज तरिकाले बस्न सक्ने व्यवस्था पनि मिलाउने छौ । किनकी पयर्टक ट्याक्सीमा बसिसकेपछि काठमाडौंमा चल्ने ट्याक्सीले दिने सुविधा चाहीँ राम्रो छ भन्ने लागोस् ।

राजधानीमा आइसकेपछि सारथीले दिने सुविधाभनेको ट्याक्सी चढाउने हो । ‘त्यसको लागि हामीले चालकलाई अंग्रेजी, चाइनिजसंगै अन्य शिष्टताले बोल्न समेत सिकाइरहेका छौ । त्यस्तै रेष्टुरेन्ट र होटेलसंग सहकार्य गरेर पयर्टकलाई सहज तरिकाले बस्न सक्ने व्यवस्था पनि मिलाउने छौ । किनकी पयर्टक ट्याक्सीमा बसिसकेपछि काठमाडौंमा चल्ने ट्याक्सीले दिने सुविधा चाहीँ राम्रो छ भन्ने लागोस् ।’ उनले  योजना बताए ।

प्रतिक्रिया दिनुहोस