aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुमारी बैंकको लाभांश बोनस शेयरधनीकाे खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
कुमारी बैंकको लाभांश बोनस शेयरधनीकाे खातामा

काठमाडौंं । कुमारी बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । बैंकले बुकक्लोजभन्दा अघिल्लो दिनसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो ।

गत असोज ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २९ गते बुकक्लोज गरेको थियो ।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस