काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ३५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस