
एजेन्सी। अहिले सिनेमा घरहरुमा दुइवटा हिन्दी फिल्मको घमासान प्रतिष्पर्धा चलिरहेको छ। एउटा, दिपिका पादुकोणको 'छपाक' र अर्को अजय देवगन अभिनित 'तानाजी द अनसंग वारियर' । शुक्रबार रिलिज भएका यी दुवै फिल्मले दर्शकको ध्यान खिचिरहेका छन्। संगसंगै सन्तोषजनक कमाई पनि गरिरहेका छन्।
पहिलो दिन १५ करोड भारु कलेक्सन गर्न सफल तानाजी ले दोस्रो दिनमा पुग्दा कुल ३५.६७ करोडको आम्दानी गरेको भारतीय संचारमाध्यमहरुले गरेका छन्। कमाइको हिसाबले अजय देवगनको यो सिनेमा नयाँ वर्षको पहिलो 'ब्लकबस्टर मूवी' बन्ने दिशातर्फ उन्मुख देखिएको छ। यो सिनेमाले जम्मा ४५४० स्क्रिन पाएको छ।
त्यसैगरी पहिलोदिन जम्मा ४ करोड मात्र कलेक्सन गरेको दीपिकाको छपाकले दोस्रो दिनको समाप्तिमा जम्मा कलेक्सन ११.६७ करोड पुर्याएको छ। यो सिमेमाले दर्शकको राम्रो रेस्पोन्स ब्यापारमा अझै राम्रो स्थिती बनाउन सक्ने भारतीय फिल्म समिक्षकहरुले बताएका छन्। छपाकले जम्मा २१६० वटा स्क्रिन पाएको छ।
मेघना गुलजार निर्देशित छपाकमा दीपिका पादुकोण र विक्रांत मैसी दुबैको अभिनयको सराहनीय गरिएको छ। समिक्षकहरूले यसलाई दीपिकाको उत्कृष्ट कृतिको रूपमा समेत वर्णन गरेका छन्। छापाक एसिड हमलामा परेकी लक्ष्मी अग्रवालको साँचो कथामा निर्मित सिनेमा हो। फिल्ममा दीपिकाले लक्ष्मीको भूमिका निर्वाह गरेकी छिन् भने विक्रांत मैसीले लक्ष्मीको वास्तविक जीवनसाथी अमोल दीक्षितको भूमिका खेलेका छन् ।
त्यसैगरी 'तानाजी' फिल्म अजय देवगनको १०० औं फिल्म हो। यसमा उनले मराठा साम्राज्यको एक वीर सिपाही तानाजीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनी बाहेक काजोल, सैफ अली खान, शरद केलकर पनि महत्वपूर्ण भूमिकामा छन्।
प्रतिक्रिया दिनुहोस