aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरलको हकप्रद शेयरको बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
लुम्बिनी जनरलको हकप्रद शेयरको बाँडफाँट

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको कम्पनी लिमिटेडले पुस २५ गते हकप्रद शेयरको बाँडफाँट गरेको छ ।

कम्पनीले असोज २६ गतेसम्म कायम रहेका शेयरधनीहरुलाई १० बराबर २ को अनुपातमा हकप्रद जारी गरेको थियो । 

कम्पनीले रितपूर्वक आवेदन दिने ७ हजार ३५२ जना शेयरधनीहरुका लागि १६ लाख ६० हजार २७४ कित्ता शेयरको बाँडफाँट गरेको हो । 

कम्पनीले शेयरधनीहरुका लागि कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कम्पनीको विक्री प्रवन्धक सि वि आई एल क्यापिटल लिमिटेड रहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस