काडमाडाैं । नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी विनय मोहनलाई तोकिएको छ ।
विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए । उनले पहिले भारतीय विदेश मामिला मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए ।
सन्र २०१० मे महिनादेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस