aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ जारी गर्ने प्रस्ताव गर्दै सानिमा जनरलले बोलायो दोस्रो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
आईपीओ जारी गर्ने प्रस्ताव गर्दै सानिमा जनरलले बोलायो दोस्रो साधारण सभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेनसको दोस्रो वार्षिक साधारण सभा माघ २४ हुने भएको छ । सभा होटल एल्लो पेगोडा कान्तिपथ, काठमाडौंमा बिहान ११.३० मा शुरु हुने भएको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको विशेष प्रस्तावमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । साथै कम्पनीले सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको नफा नोक्सान हिसाब गर्ने र लेखा परीक्षको नियुक्ति गरी निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस