aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागवेली लघुवित्तको साधारण सभा माघ २६ गते, बोनस र हकप्रदको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
नागवेली लघुवित्तको साधारण सभा माघ २६ गते, बोनस र हकप्रदको प्रस्ताव

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान १०.३० मा शुरु हुने भएको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्न स्वीकृत प्रदान गर्ने, बोनस वितरण पश्चात कायम हुने चुक्तपूँजीको ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने रहेको छ । 

कम्पनीको अन्य प्रस्तावमा संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्ने गरी संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रुपान्तरण गर्ने प्रस्ताव पारित गर्ने छ। त्यसैगरी, यस कम्पनीसँग अन्य उपयुक्त ‘घ’ वर्गका वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु पूरा गर्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने  प्रस्ताव समेत रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्तापुस्तिका माघ १३ गते (एक दिन) बन्द रहनेछ । माघ १२ गतेसम्म शेयर कायम भएका शेयरधनीहरु मात्र साधारण सभा प्रयोजनका लागि योग्य हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस