
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा मंगलबार एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ । स्व. इन्द्र प्रसाद दंगालले २०७६ साल असार ३१ गते ५० लाख रुपैयाँको दोहोरो दुर्घट्ना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन वीमालेख खरीद गरेका थिए ।
उनको कार्तिक ४ गते दुर्घट्ना कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले वीमा दावी वापत रकम एक करोड तीन लाख पन्ध्र हजार मात्र को चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराएका थिए । उक्त कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा प्रमुख हरि प्रसाद खतिवडा, दमक शाखा प्रमुख सुमन कुमार राई, चीफ बिजनेश म्यानेजरहरु बन्धु कुमार निरौला, सुश्री दीपा ओली लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस