काठमाडौं । शेयर बजारको लाभांशमा लाग्दै आएको दोहोरो कर आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका लगानीकर्ताले लाभांशमा तिरेको दोहोरो करका विषयमा धेरै कुरा उठाएका हुनाले यो विषय अगामी बजेट निर्माणमा सम्बोधन गर्ने बताएका हुन ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को २७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।
अर्थमन्त्री डा. खतिवडाले धितोपत्रको मात्र कारोबार गरेर यो बजारमा स्थायित्व नहुने भन्दै बजारमा अन्य लगानीका औजारहरुको पनि विकास गरिने बताए । अहिले शेयर बजारमा पूँजीगत लाभकर ५ प्रतिशत छ, त्यो पनि घट्न सक्ने अर्थमन्त्रीको आशय देखाएका हुन् । उनले नेप्से २७ वर्षका भइसकेको र यो बुढो भइनसकेकाले यसको विकल्प अहिलो खाजि नगरिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस