aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विद्युतीय गाडी उच्च प्राथमिकतामा, करको दरमा पुर्नविचार गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
विद्युतीय गाडी उच्च प्राथमिकतामा, करको दरमा पुर्नविचार गरिने

काठमाडौं । उच्च प्रविधिका विद्युतीय गाडीको आयातमा सरकारले उच्च प्राथमिकतामा राखेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बुधबार नाडा मोबाइल्स एशोसिएशनको प्रतिनिधिसँगको  भेटमा अर्थमन्त्री डा.खतिवडाले नेपालमा भित्रने विद्युतीय सवारी साधानको आयातलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन । 

उक्त छलफलको क्रममा अर्थमन्त्री डा. खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताएका थिए  । उनले बैङ्कहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने खोजिएको जानकारी गराएका थिए ।

 सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्नु हुदै नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्नविचार गरिन लागेको जानकारी समेत दिए । सोही क्रममा उहाले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महशुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन समेत गराएका थिए  ।

 अर्थ मन्त्रालयलका राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।                                                                        
               
आज माघ १ गते, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ९ सदसिय नाडा प्रतिनिधि मण्डलले फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

सोही क्रममा अध्यक्ष दुलालले काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो समेत गरेका थिए  । त्यसैगरी उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस