काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभाले आ.व. २०७५÷०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित गरेको छ ।
यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी ८०,४०,६०,२१० रुपैयाँ रहेको छ । यस फाइनान्सको पौष मसान्तसम्म ७ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।
यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट प्रतिनिधित्व गर्न इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरि रहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।
प्रतिक्रिया दिनुहोस