aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आस्था राउतलाई पक्राउ गर्दै प्रहरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ माघ २०७६

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् । तर शुक्रवार सार्वजनिक भएको विमानस्थलको सीसीटीभी फुटेजपछि प्रहरी जवान श्रेष्ठले गायिका राउत विरुद्ध उजुरी दिएकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई भोलि(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

भोलि जिल्ला प्रशासन कार्यालय खुलेपछि अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि राउतलाई नियन्त्रणमा लिनुपर्ने भएकाले पक्राउ पुर्जी जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिने तयारी प्रहरीले गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले पक्राउ पुर्जी जारी गरेपछि राउतलाई भोलि नै पक्राउ गर्ने तयारी गरिएको प्रहरी श्रोतले जानकरी दियो ।

कार्यक्रमका लागि गायिका राउत भने भारतको सिक्किम पुगेकी छिन् । उनी भोलि नै नेपाल फर्कने कार्यक्रम रहेकोले उनलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ ।

यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ ।

सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसूरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो ।

‘सो भिडिओमा प्रहरीमाथि जुन किसिमको अपशब्द र संगठनकै मान मर्यादामा चोट पुर्‍याउने किसिमको शब्द उल्लेख छ, त्यसले साइबर अपराधसम्मको कारबाही आकर्षित गर्छ,’ रानीपोखरीकै एक अधिकृतले भने ।

ती दुबै भिडिओ अनुसन्धानमा प्रहरी जुटेको छ। दुबै भिडिओ अनुसन्धानपछि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं वा गौशाला वृत्तलाई जिम्मा लगाउने तयारी रहेको मेट्रोले जनाएको छ ।

के भएको थियो ?

बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षामा खटिएकी प्रहरी जवानले ज्याकेट फुकाल्न लगाएकी थिइन्।

मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुनस् चेकजाँच गर्छिन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्। सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्। चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिन्छ र राउतको ज्याकेट भिज्छ। यसक्रममा राउतले प्रहरी कर्मचारीप्रति आक्रोश पोख्छिन् र त्यहाँबाट निस्किन्छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस