
शुक्रबार दुई कम्पनीको साधारण सभा हुन लागेको छ । नेशनल हाइड्रोपावर र सिभिल बैंकको साधारण सभा आज बैशाख २७ गते बिहान ११ बजे हुने भएको छ ।
नेशनल हाइड्रोपावर कम्पनीको २२ औं वार्षिक साधारण सभा सि एम डि फुडल्याण्ड, टंगालमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन तथा नगद प्रवाह छलफल र लेखा परिक्षक नियुक्त गरिने छ । सभाका लागि बुक क्लोज बैशाख १५ गतेदेखि २० गते सम्म बन्द गरिएको छ ।
त्यस्तै सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा एकैसाथ अमृतभोग कालिकास्थान, डिल्लीबजारमा हुने भएको छ । सभामा १० दशमलव २५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस