aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चार कम्पनीको लाभांश शेयरधनीको खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ माघ २०७६
चार कम्पनीको लाभांश शेयरधनीको खातामा

काठमाडौं । चार कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएका छन् । गुडवील फाइनान्स, मञ्जुश्री फाइनान्स, समता लघुवित्त र विजय लघुवित्तले नगद लाभांश पठाएका हुन् ।

 गुडवील फाइनान्सले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई १० प्रतिशत नगद लाभांश  शेयरधनीको बैंक खातामा पठाएको छ । 

पुस २९ गते पछि  बैक खाता अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामानै जम्ममा गर्ने कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी मञ्जुश्री फाइनान्स कम्पनीले ९ दशमलव ८० प्रतिशत नगद लाभांश पठाएको हो । पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारीत गरेको ९ दशमलव ८० प्रतिशत नगद लाभांश पठाएको हो ।

 पुस २९ गते सम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ भने सो मिति पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि नगद लाभांश जम्मा हुनेछ । 

समता लघुवित्तले ५ दशमलव ५२ प्रतिशत र विजय लघुवित्तले ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएका छन् । यी दुई कम्पनीले पुस २९ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएका हुन ।

 पुस २९ गते पछि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामानै जम्मा हुने कम्पनीले उल्लेख गरेका छन् ।यी चारै कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस