aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल बैंकले छिट्टै लाभांश खातामा पठाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ माघ २०७६
नेपाल बैंकले छिट्टै लाभांश खातामा पठाउँदै

काठमाडौं । नेपाल बैंक लिमिटेडले पारित लाभांश वितरणको प्रक्रियामा रहेको भन्दै शेयरधनीहरुलाई डिम्याट खाता खोल्न र डिम्याट खाता रहेकाहरुलाई बैंक खाता अद्यावधि गर्न सूचना जारी गरेको छ । बैंकले अद्यावधिक गर्न आग्रह गर्दै छिटै लाभांश वितरण प्रक्रिया थाल्ने बताएको छ ।

नेपाल बैंकको ६० औं वार्षिक साधारणसभाले चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र १५ प्रतिशत बोनस सेयर पारित गरिसकेको छ । 

बैंकले हालसम्म पनि शेयरधनीको ४ हजार ५४६ ओटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ ओटा  प्लेजमा रहेको भन्दै  डिम्याट खाता खोल्न र  बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंको शेयर रजिष्टा«रमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस