aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौं । नेपाल इन्स्योरेन्स बीमा कम्पनीले १२ जिल्लाका शाखामा कर्मचारी माग गरेको छ । कम्पनीले आज मंगलबार एक सूचना जारी गर्दै विभिन्न छुट्टाछुट्टै जिल्लाका लागि कर्मचारी माग गरेको हो । 

कम्पनीको सल्यान, रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम, चन्द्रौटा, तानसेन, पाल्पा र प्यूठान शाखामा कर्मचारी को आवश्यकता परेको छ । कम्पनीले १० जोड दुई उत्तिर्ण तथा बीमा सम्बन्धि सामान्य ज्ञान हाँसिल गरेका इच्छुकलाई सूचना जारी भएको सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले १८ वर्ष पूरा भई ४० ननाघेको हुनपर्ने सूचनामा उल्लेख गरेको छ । 

त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर चालक अनुमतीपत्र भएकाहरुलाई विशेष प्राथमिकता दिने जनाएको छ । कम्पनीले थप जानकारीको लागि तथा आवेदन दिनको लागि नजिकैको शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस