aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल पुनर्बीमा कम्पनीकाे जारी पूँजी घटाउन पायाे स्वीकृती, १ अर्ब ६० करोडकाे आईपीओ ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
नेपाल पुनर्बीमा कम्पनीकाे जारी पूँजी घटाउन पायाे स्वीकृती, १ अर्ब ६० करोडकाे आईपीओ ल्याउँदै

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीलाई जारी पूँजी घटाउन उच्च अदालत पाटनले स्वीकृती दिएको छ । कम्पनीले उच्च अदालतको गत माघ १ गतेको फैसलाबाट सो स्वीकृती दिएको हो ।

कम्पनीको पहिलो साधारण सभाबाट अधिकृत तथा जारी पूँजी ३ अर्ब बाट बढाएर १५ अर्ब पुर्याएको थियो । तर २०७५ पुस १३ मा सम्पन्न विशेष साधारण सभाले अधिकृत पूँजी १५ अर्ब तथा चुक्ता तथा जारी पूँजी १० अर्ब कायम गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव अनुमोदन गरेकाे थियाे ।

कम्पनी घटाएको जारी पूँजी १० अर्ब कायम गर्न अदालती प्रक्रियामा गएको थियो उक्त प्रकृयाका लागि कम्पनीका तर्फबाट तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनले गत कार्तिक २८ मा दिएको निवेदनको फैसलाको पूर्ण पाठ कम्पनीले गत माघ १ गते प्राप्त गरेको हो ।

जारी पूँजी घटाउने स्वीकृती पाएसँगै कम्पनीले आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । अदालतको पूर्ण पाठ आउने बित्तिकै आईपीओ निष्काशनको प्रक्रिया थप अगाडि तयारीमा रहेकाे उक्त वीमा कम्पनीले शेयर निष्काशनको लागि अन्य तयारी भने सकिएको जनाएको छ ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि  गत भदौ २२ मै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिइसकेको छ । 

साथै क्रेडिट रेटिङ समेत गराइसकेको जनाएको छ । जसमा इक्रा नेपालले ‘‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरिसकेकाे छ । 

प्रतिक्रिया दिनुहोस