aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेरुडे लघुवित्तको लाभांश खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
नेरुडे लघुवित्तको लाभांश खातामा जम्मा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले बिहीवारदेखि गत आवको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । उक्त कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । 

कम्पनीको विक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त क्यापिटलले आईपीएसमार्फत शेयरधनीलाई नगद लाभांश भुक्तानी गर्नेछ । पुस २८ गते सम्पन्न उक्त कम्पनीको १३ औं वार्षिक साधारण सभाले गत आवको नाफाबाट ५ दशमलव ७९ प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस