aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तारागाउँ रिजेन्सी होटल्सले पनि नगद लाभांश जम्मा गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
तारागाउँ रिजेन्सी होटल्सले पनि नगद लाभांश जम्मा गर्दै

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले शेयरधनीको बैंक खातामा शुक्रवारदेखि नगद लाभांश जम्मा गर्ने भएको छ । उक्त कम्पनीले शेयरधनीलाई १२ दशमलव ६३ प्रतिशत नगद लाभांश जम्मा गर्न लागेको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा हुने भएकोले हितग्राही खातामा बैंक खाता अद्यावधिक  गराउन सूचना जारि गरेको छ । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण  गराउन उक्त कम्पनीले अनुरोध गरेको छ । शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेड रहेको छ  । 
 

प्रतिक्रिया दिनुहोस