aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मध्ये भोटेकोशीले आईपीओ निष्कासन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
मध्ये भोटेकोशीले आईपीओ निष्कासन गर्दै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)मा माघ ७ गते निवेदन दिएको छ । कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि समेत गरी कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

मध्य भोटेकोशीले पहिलो चरणको सञ्चयकर्ता, संस्थापक संगठित संस्था तथा ऋणतादाता संस्थाका कर्मचारीलाई साधारण सेयर (आईपीओ)सार्वजनिक गरेको छ भने पहिलो चरणमा आयोजना प्रभावितलाई शेयर दिएर दोस्रो चरण अन्तर्गतको सर्वसाधारणा लागि शेयर जारी गरेको थियो ।

सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् कम्पनीमा यो आयोजना ५१ प्रतिशतको संस्थापक शेयरमा नेपाल विद्युत् प्राधिकरण १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १÷१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

४९ प्रतिशतेको सर्वसाधारण शेयरमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० प्रतिशत, आम सर्वसाधारणको १५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत शेयर स्वामित्व हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस