aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लुट्न सके लुटपछि पशुपति शर्मा रंगशाला बनाउन जुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
लुट्न सके लुटपछि पशुपति शर्मा रंगशाला बनाउन जुटे

काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत मार्फत गौतम बुद्ध रंगशाला बनाउन जुटेका छन् । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका हुन ।

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।
गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस