aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जनसेवीको आईपीओमा साढे ३ गुणा बढी आवेदन पर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
जनसेवीको आईपीओमा साढे ३ गुणा बढी आवेदन पर्यो

 काठमाडौं, वैशाख २७ । शुक्रबारदेखि खुलेको जनसेवी लघुवित्तको आईपीओमा ३ दशमलव ५२ गुणा बढी आवेदन परेको छ । कम्पनीले ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । जसमध्ये  शुक्रबार ८४ हजार २६ जना आवेदकले १५ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । न्यूनतम १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्म आवेदन दिन पाइने यस आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण वैशाख ३१ गते नै बिक्री बन्द हुने छ । 
 

प्रतिक्रिया दिनुहोस