
काठमाडौं । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि एनएलजी इन्स्योरेन्स कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निकष्काशन गर्नको लागि बुक क्लोज गरेको हो ।
माघ २६ गतेसम्म कायम शेयरधनीले ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले सेबोनबाट हकप्रद शेयर निष्काशन गर्नको लागि पुस २९ गते स्वीकृती पाएको थियो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस