aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१ अर्ब ६० करोडको आइपीओ निष्कासनको अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ माघ २०७६
१ अर्ब ६० करोडको आइपीओ निष्कासनको अन्तिम चरणमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको  १ अर्ब ६० करोड रुपैँया बराबरको प्रथमिक सेयर (आइपीओ) सर्वसाधारणका लागि निष्कासन अन्तिम चरणमा पुगेको छ ।  आरविवि मर्चेन्ट बैंकिङ्ग प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले उक्त आइपीओ निष्कासनको अन्तिम चरणको काम भइरहेको बताएका हुन ।  विहीबार बैंकिङ्गको पाचौ वार्षिकोत्वका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमख कार्यकारी अधिकृत प्याकुलले अन्य कम्पनीहरुसँग पनि व्यापारीक साझेदारीका लागि काम भइरहेको बताएका थिए । 

समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि इलष्लिभ प्रणाली लागू भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै म्बतब द्यबकभ तयार भैरहेको कुरा जानकारी गराएका थिए  । 

वार्षिकोत्सव समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले लगानीमैत्री वातावरण सृजन गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराएका थिए ।  उनाँले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बाजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए । 

कार्यक्रममा रा.बा बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्र रमण खनाल, कम्पनी सचीव भोलानाथ पौडेल ,क्षत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, , शाखा प्रबन्धक युवराज घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
 


 

प्रतिक्रिया दिनुहोस