aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सम्मेलन सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ माघ २०७६
महालक्ष्मी लाईफ इन्स्योरेन्सको सम्मेलन सम्पन्न

चितवन । महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा यही माघ १२ देखि १४ गतेसम्म सम्पन्न गरेको छ । देशै भरीबाट आएका ६० भन्दा बढी शाखार उपशाखा प्रमुख, क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत सम्मेलनमा ७५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।

 प्रत्येक घरमा( एउटा जीवन बीमा नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँ गाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन ू प्रत्येक घरमा एउटा जीवन बीमाू कार्यक्रम माथि छलफल गरिएको थियो ।

 कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १ दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृतद्धय कमल पन्थी, रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश जानकारी गराएका थिए। 

२०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्षभन्दा कम अवधिमा ६० वटा शाखारउपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्विकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा वढीको व्यवसाय गर्न सफल भएको कम्पनीको दावी छ ।


 

प्रतिक्रिया दिनुहोस