
काठमाडौं । एनसीसी बैंक र सिन्धु विकास बैंकले गत आवको वार्षिक साधारण सभा शुक्रबार गर्दैछन् । एनसीसी बैंकले काठमाडौंमा र सिन्धु विकास बैंकले सिन्धुपाल्चोकमा सभा बोलाएका हुन ।
एनसीसीले प्रस्तावित १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न लागेको हो । हाल एनसीसीको चुक्तापूँजी रू. ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रहेको छ । यहि पूँँजीको आधारमा बैंकले लाभांश दिन लागेको हो । एनसीसीले विहान ११ बजे आर्मी अफिसर्स क्लव, भद्रकालीमा सुरु हुनेछ । सभाले लाभांश सहित गत वर्षको वार्षिक प्रतिवेदन पारित , चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएतका प्रस्ताव पारित गर्नेछ । साथै, सञ्चालक निर्वाचन समेत सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि एनसीसीले माघ ७ गते बुक क्लोज गरेको छ । यस आधारमा माघ ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । त्यस्तै , सिन्धु विकास बैंकले ११ दशमलव ५१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत लाभांश सहित विविध प्रस्ताव पारित गर्नेछ । सभा विहान ११ः३० बजे सिन्धुपाल्चोकमा सुरु हुनेछ । सभा प्रयोजनका लागि सिन्धु विकास बैंकले पुस १६ गतेदेखि बुक क्लोज गरेको । पुस १५ गतेसम्म कायम शेयरधनीहरुले सिन्धुको लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस