
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा रू. ७७ करोड ५९ लाखभन्दा बढी रकम जम्मा भएको छ । गत वर्षभन्दा ३९८ दशमलव ५४ प्रतिशत बढी रकम जीवन बीमा कोषमा थपिएको हो । गत वर्ष यसै अवधिसम्म जीवन बीमा कोषमा रू. १५ करोड ५६ लाख रकम कोषमा रहेको थियो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा ९२ दशमलव ७९ प्रतिशत बढी नाफा गरेको छ । गत वर्ष रू. २ करोड ४१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ६५ लाख खुद नाफा गरेको हो । चुक्तापूँजीमा कुनै बृद्धि देखिएको छैन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड रहेको छ । संस्थापकको मात्र स्वामित्व रहेको यो कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरी रू. २ अर्ब चुक्तापूँजी कायम गर्नेछ ।
कम्पनीको जगेडा कोषमा रू. १३ करोड ६२ लाख रकम रहेको छ । यो रकम गत वर्ष रू. १ अर्ब ४ लाख रहेको थियो । यो दोस्रो त्रैमासमा कम्पनीले रू. ६० करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. १० लाख दाबी भुक्तानी गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन रकम १८१ दशमलव ७६ प्रतिशत बृद्धि भएको हो । गत वर्ष ६ महिनामा ७ हजार ९३६ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा ७ हजार ६३२ बीमालेख जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस