
काठमाडौं । सवारी साधान आयातकर्ता ऐनका कारण एजेन्सी नविकरणमा परेको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने भएको छ । सोमबार नाडोको प्रतिनिधिसँगको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले नेपाल राष्ट्र« बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयहरुसंग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने बताएका हुन ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरेका थिए । उक्त छलफलमा उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस