aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युत् मिटर शिल तोड्ने ८५ कारवाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
विद्युत् मिटर शिल तोड्ने ८५ कारवाहीमा

चितवन । विद्युत् मिटरको शिल तोडेर विद्युत् चुहावट गर्ने ८५ जनाभन्दा बढी व्यक्तिलाई कारवाही गरेको विद्युत् वितरण केन्द्र टाँडीले जनाएको छ । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिनुभयो । 

विसं २०७६ श्रावणदेखि हालसम्म गरिएको विशेष छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको छ । साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक विद्युत् शुल्कवापत रु सात करोड उठाउने गरेको छ । 

कार्यालयले सामाजिक काम शुरु गरेको छ । कार्यालयले अति गरिब तथा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर प्रदान गरेको छ । गत आर्र्थिक वर्षमा सो कार्यालयले ३०० विद्युत् मिटर निःशुल्क वितरण गरेको थियो । चालू आर्थिक वर्षमा पनि निःशुल्क विद्युत् मिटर वितरण प्रक्रिया अगाडि बढाएको छ । 

 त्यस्तै कार्यालयले त्यहाँ आउने सेवाग्राहीलाई अप्ठ्यारो पर्न नदिन एकद्वार प्रणलीबाट सबै काम सम्पन्न गराउने तयारी भइरहेको प्रमुख श्रीवास्तवले बताउनुभयो । कार्यालयले पुराना तार तथा पोल फेर्ने र ट्रान्सफरमर नयाँ जडान गर्ने काम पनि दू्रत गतिमा अगाडि बढाएको जनाएको छ । टाँडीका स्थानीयवासी रामप्रसाद आचार्यका अनुसार कार्यालयको काम विगतको तुलनामा अत्यन्त सरल र सहजका साथै चुस्तदुरुस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस