aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सोल्टी होटलले माघ २३ गतेदेखि नगद लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ माघ २०७६
सोल्टी होटलले माघ २३ गतेदेखि नगद लाभांश वितरण गर्ने

काठमाडौं । सोल्टी होटेलले गत पुस २४ गते पारित गरेको नगद लाभांश माघ २३ गते बिहीवारदेखि वितरण गर्ने भएको छ । होटेलले आज सुचना जारी गरी पारित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जानकारी दिएको हो । यो लाभांश मंसिर २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको हकमा बैंक खातामानै पठाउने व्यवस्था गरिएको छ । शेयर डिम्याट गरेर पनि आफ्नो बैंक खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई यथासिघ्र गर्न समेत होटेलले आग्रह गरेको छ । 

शेयर धितो बन्धकीमा राखेका हरुले भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट नगद लाभांश भुक्तानी लिनका लागि सैद्धान्तिक सहमती पत्र पेश गर्नुपर्नेछ । भौतिक रुपमा शेयर धारण गर्नेहरुका लागि भने माघ २३ गतेदेखिनै बिदाका दिन वाहेक दिउँसो २ बजेदेखि ५ बजेसम्म कम्पनीको रजिष्ट्रर्ड कार्यालय, ताहाचल, काठमाडौंबाट वितरण गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस