
काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा प्राइम लाइफ इन्स्योरेन्सको नाफा ७२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. १५ करोड ६० लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ९ करोड ५ लाख थियो । चालू आवको दास्रो त्रैमासमा कम्पनीले रू. २० करोड ६ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब छ । जगेडा कोषमा रू. १ अर्ब ४ करोड छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोषमा रू. १० अर्ब १३ करोड जम्मा भएको छ । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको हो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ५९ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको हो । प्रतिशेयर आम्दानी रू. १५ दशमलव ५४, मूल्य आम्दानी अनुपात २६ दशमलव ७० र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ४६ छ ।
प्रतिक्रिया दिनुहोस