
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । कम्पनीले प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश परिमार्जन गरेको हो । बीमा समितको निर्देशन बमोजिम लाभांश परिमार्जन गरिएको कम्पनीको भनाई छ ।
लाभांश परिमार्जन सँगै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभामा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएको छ । परिमार्जित लाभांश पुनः बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस