aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ज्योति लाईफ इन्स्योरेन्सद्धारा २० लाख रकम हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
ज्योति लाईफ इन्स्योरेन्सद्धारा २० लाख रकम हस्तान्तरण

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले “ज्योति सुरक्षित भविष्य योजना” अन्तरगत बीमीतलाई रकम हस्तान्तरण गरेको छ । दोलखा घर भई बनेपा, काभ्रे बस्ने यस कम्पनीका बीमित सलिम श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत बीस लाख रुपैयाँ प्रदान गरेको हो  ।

 निज बीमितले २०७६ साल आषाढमा बीस लाख रुपैंया बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गर्नु भएकोले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम प्राप्त गर्नु भएको छ ।

ज्योति लाईफ इन्स्योरेन्सको हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० रुपैयाँ लाखसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गर्ने नेपालको एकमात्र जीवन बीमा कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको छ । 

रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफ इन्स्योरेन्स सर्वाधिक घातक रोगहरुको उपचार सुबिधा प्रदान गर्ने पहिलो नेपाली बीमा कम्पनी भएको दावी गरेका छन । 

 संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा कम्पनीको सधैँ तपाईँको साथ भन्ने नारा सार्थक भएको र आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गरे  । 

साथै कम्पनीले जनचाहना बमोजिम बीमितहरुको आर्थिक जोखिम न्यूनिकरण गर्दै भविष्य सुनिष्चितताको लागि आकर्षक बीमा योजनाहरु बजारमा ल्याउने कुरा बताए । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै बीमित सलिम श्रेष्ठले ज्योति लाईफमा बीमा गर्दा घातक रोग उपचार सुविधा प्राप्त भएकोले उपचार गर्न आर्थिक रुपले निर्धक्क भएको बताए । 
 

प्रतिक्रिया दिनुहोस