
काठमाडैं । चालू आवको दोस्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४ गुणाले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. १२ करोड १३ लाख नाफा कमाएको हो ।
यो नाफा गत आवको दोस्रो त्रैमासमा रू.२ करोड ८९ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ३० करोड ४९ लाख आम्दानी गर्न सफल भएकाले नाफामा वृद्धि भएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब छ । जगेडा कोषमा रू. ४७ करोड ४४ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जीवन बीमा कोषमा रू. १९ अर्ब ३१ करोड जम्मा भएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा २८ प्रतिशतले वृद्धि भएको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले बीमालेखको धितोपत्रमा राखेर रू. १ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको हो ।
सोही अवधिमा कम्पनीले रू. २ अर्ब २८ करोड बीमाशुल्क आर्जन गरेको हो । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको हो । प्रतिशेयर आम्दानी रू. १२ दशमलव ०७, मूल्य आम्दानी अनुपात ३५ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ३४ छ । हाल सम्ममा कम्पनीले ३४ वटा शाखा र ९३ वटा उपशाखा मार्फत देशव्यापी रुपमा बीमा सेवा विस्तार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस