aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ माघ २०७६
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा  वजेट कार्यान्वयनमा ७०।५ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा सो प्रगति हासिल गरिएको जानकारी दिए ।

 बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास  मन्त्री रामेश्वरराय यावदले  आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए । उनले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक निर्देशन दिए । 
 
 सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना चाँडै नै प्रकाशन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए । उनले  श्रम सम्बन्ध असल राख्न, वैदेशिक रोजगारीमा ठगी र  अनियमितता  अन्त्य गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन मन्त्रालयले जोड दिएको जानकारी दिए । बैठकमा विनियोजित कार्यक्रमको हरेक शीर्षकको भएको कार्यप्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसार प्रगति हासिल गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस