
काठमाडौं । चालू आवको छ महीना (दोस्रो त्रैमाससम्म)मा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले रू. ५ करोड १८ लाख नाफा कमाएको छ ।
यो नाफा पहिलो त्रैमासमा रू. २ करोड १४ लाख थियो । पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कम्पनीको नाफा १४१ प्रतिशतले वृद्धि भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । जगेडा कोषमा रू. ५ करोड ७६ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्मा कम्पनीको बीमा कोषमा रू. ४२ करोड ३४ लाख जम्मा भएको छ ।
हालसम्ममा कम्पनीले रू. ५३ करोड ५५ लाख बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमा लेखको संख्या ६ हजार ७६९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस